१९ बैशाख २०८१, बुधबार

कैलालीका १९ सहित २५ जनामा कोरोना संक्रमण पुष्टि


सुदूरपश्चिम प्रदेश C

धनगढी, भदौ १० । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका १९ सहित २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ६:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ९ जना महिलाहरु र १६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९८१ जनाको कोरोना परीक्षण गर्दा कैलालीमा १९ जना  र कंचनपुरमा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !