१ मंसिर २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ३३ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ८५५ संक्रमित


काठमाडौँ, भदौ ९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ८५५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११३२७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ६२१९०१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १४२५० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८५८१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ५६६९ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १०४५३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १९९ जना, ललितपुर जिल्लाका १९ जना र भक्तपुर जिल्लाका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३१३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १९११९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३२ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ७४३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !