७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ ९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार १ जना महिला र ६ जना पुरुषहरु गरी ७ जनाको मृत्यु भएको हो । मृतकमा काठमाडौंका ३ जना तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १/१ जना गरी ७ जना रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ । साथै सिरहाका २२, पर्साका ६८, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ८५५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३५३३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३१३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १९११९ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १९९ जना, ललितपुर जिल्लाका १९ जना र भक्तपुर जिल्लाका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !