, थप ३१३ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १९ हजार नाघ्यो

नेपालमा कोरोना जित्नेको संख्या १९ हजार नाघ्यो, थप ३१३ जना घर फर्किए

थप ३१३ जना घर फर्किए, नेपालमा कोरोना जित्नेको संख्या १९ हजार नाघ्यो

काठमाडौँ, भदौ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ३१३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १९११९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १९९ जना, ललितपुर जिल्लाका १९ जना र भक्तपुर जिल्लाका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ८५५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३५३३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १८८०६ पुग्यो, थप १७५ जना घर फर्किए