७ आश्विन २०८१, सोमबार

कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२२५ पुग्यो


सुदूरपश्चिम प्रदेश C

सुर्खेत, भदौ ५ । कर्णाली प्रदेशमा आज दिउसो ६२जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२२५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परीक्षणबाट थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा दैलेखका १ जना, कलिकोटका २ जना, बाँकेका १ जना, जुम्लाका ५२ जना, ताप्लेजुङका १ जना, बैतडीका १ जना, बर्दियाका १ जना र रुकुम पर्श्चिमका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई डिस्चार्ज भएका छैनन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९४५ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल २७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२२५ पुग्यो

कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२२५ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१३० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !