नेपालगञ्ज, भदौ ३। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ४ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३५० पिसिआर परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १३ जना र बर्दियाका २ जना रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा ९ जना पुरुषहरु र ६ जना महिला रहेका छन् ।
भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १३१६ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३०३०० रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३०३९० वटा रहेको छ ।
यो पनि पढ्नुहोस्
भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि