१२ बैशाख २०८१, बुधबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ २। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज साँझ ६:०० एक विज्ञप्ति सार्वजनिक गर्दै थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज साँझ कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ४ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा २ जना पुरुषहरु र २ जना महिला रहेका छन् ।

अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ११ जना, बर्दियाका २ जना र सुर्खेतका १ जना रहेका थिए ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १३०० जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३००१५ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या २९९५० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !