१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

धनगढी, साउन २९ । सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ६ जना पुरुषहरु र २ जना महिलाहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४७९ जनाको कोरोना परीक्षण गर्दा अछामका २ जना पुरुषहरु, कैलालीका ४ जना पुरुषहरु र कंचनपुरका २ जना महिलाहरुमा कोरोना संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !