सुर्खेत, साउन २८ । कर्णाली प्रदेशमा आज दिउसो २३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०३४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट आज बुधवार थप २३ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका ७ जना पुरुषहरु र ११ जना महिलाहरु गरी १८ जना, दैलेखका ४ जना र सल्यानका १ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ३ जना डिस्चार्ज भएसँगैको हालसम्म डिस्चार्ज हुनेको संख्या १८९४ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म १३४ जना आइसोलेसनमा सक्रिय कोरोना संक्रमित रहेका छन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०११ पुग्यो