५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०११ पुग्यो


कोरोना भाइरस

सुर्खेत, साउन २७ । कर्णाली प्रदेशमा आज दिउसो ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०११ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणबाट आज मंगलवार थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका १ जना, सल्यानमा १ जना, दैलेखका १ जना, सर्लाहीका १ जना, धनुषाका १ जना, दैलेखका १ जना र रुकुम पश्चिमका १ जना गरी ८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ११ जना डिस्चार्ज भएसँगैको हालसम्म डिस्चार्ज हुनेको संख्या १८९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ११४ जना आइसोलेसनमा रहेका छन् ।

 

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०११ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !