४ जेष्ठ २०८१, शुक्रबार

कपिलवस्तुमा आज थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८५७ पुग्यो


कोरोना भाइरस

कपिलवस्तु, साउन २५ । कपिलवस्तु जिल्लामा आज दिउसो थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

साउन २१ कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, (बालमन्दिर) देखि संकलन गरिएका २२६ नमुनामध्ये ११७ को रिपोर्ट नेगेटिभ र ११ को रिपोर्ट पोजेटिभ आएको छ भने ९८ नमुना प्रतिक्षा छ । साउन २३ गते कपिलवस्तु अस्पतालदेखि संकलन गरिएका ६ नमुनामध्ये ५ को रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै कृष्णनगर नगरपालिकाका थप १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा आज थप २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !