२१ बैशाख २०८१, शुक्रबार

महोत्तरीमा सशस्त्र प्रहरीका ९ जना जवान कोरोना संक्रमित


प्रहरीमा कोरोना संक्रमण

महोत्तरी, २५ साउन । महोत्तरीमा ९ जना सशस्त्र प्रहरीसहित १४ जनामा हिजो कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका-४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश-२ छिन्नमस्ता बाहिनीका एकसहित ९ सशस्त्र प्रहरीमा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा अब कूल सङ्क्रमितको सङ्ख्या ८६८ पुगेको प्रदेश-२ स्वास्थ्य निर्देशनालयले आज जनाएको छ । प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि उहाँको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं २ छिन्नमस्ता बाहिनी कार्यालयले गत मङ्गलबार आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसलगत्तै बुधबार मन्त्री यादवमा सङ्क्रमण भएको पुष्टि भएको थियो । परीक्षण नतिजा नआउँदै सार्वजनिक कार्यक्रममा मन्त्री यादव सरिक भएपछि त्यस अवधिमा उहाँका सम्पर्कमा आएका अन्य व्यक्तिको जाँच गर्दा आज पाँच सर्वसाधारणलाई पनि पोजेटिभ देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !