१४ बैशाख २०८१, शुक्रबार

पोखरामा आज एकैदिन थपिए कोरोनाका ९ जना नयाँ संक्रमित


कोरोना संक्रमित

२१ साउन, पोखरा । गण्डकी प्रदेश कास्की जिल्लाको पोखरा महानगरपालिकामा आज बिहान ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै कास्कीको पोखरामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरको तथ्यांक अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका थप ९ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका १७, ४५, २१, २७, २०, २३, ३०, ५७ र १७ वर्षीय पुरुषहरु ९ जना रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १३५४ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !