४ जेष्ठ २०८१, शुक्रबार

मोरङको रंगेलीमा एकै परिवारका १४ जनामा देखियो कोरोना संक्रमण


परिवामा देखियो कोरोना संक्रमण

विराटनगर, साउन २१ । मोरङ जिल्लाको रंगेली नगरपालिका-७ मा एक व्यापारिक घरानाको परिवारका १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । स्थानीय ७३ वर्षीय वृद्धको मृत्युपछि उनको अन्त्येष्टि प्रक्रियामा सहभागी परिवारजन संक्रमित पाइएको नगरपालिकाले जानकारी दिएको छ ।

उनीहरूमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि नगरपालिकाले पीसीआर परीक्षण गर्दा नतिजा सोमवार १९ गते पोजेटिभ आएको हो । कोरोना संक्रमित हुनेहरुमा ७ जना महिलाहरु र ७ जना पुरुषहरु रहेका छन् । उनीहरूमध्ये ५८, ५३, ४५, ४४, ४२, ३९, २४ वर्षीया महिलाहरु ७ जना र ६४, ५६, ४८, ३१, ३०, २७, १९ वर्षीय पुरुषहरु ७ जना रहेका छन् ।

घटनाक्रम अनुसार ब्रेनहेमरेजबाट पीडित ती वृद्धको २ साताअघि विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो । वृद्धको मृत्यु भएपछि परिवारका सदस्यको पीसीआर परीक्षण गरिएको थियो ।

परिवारकै सदस्यमा संक्रमण देखिएपछि मृतकको घर पुग्ने, मृत्युपछिको संस्कारमा सहभागी बन्ने आफन्त लगायतको स्वाब संकलनको काम भइरहेको छ । मृत्यु संस्कारमा सहभागी र अन्य गरी मंगलबार दिउँसो ४५० जनाको स्वाब संकलन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !