४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं उपत्यका भित्रिने नाकामा परीक्षण गर्दा ४० जनामा देखियो कोरोना संक्रमण


स्वाब संकलन

काठमाडौं, साउन २० । काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना भाइरस (कोभिड-१९)
पोजेटिभ देखिएको छ । अहिले नाकामा स्वाब संकलन गर्न छोडिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नाकामा ६०६४, फर्पिङ नाकामा १३०७ र भक्तपुरको साँगामा ३४८२ जना गरी १० हजार ८५३ जनाको स्वाब संकलन गरिएको थियो ।

उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट यसरी १०८५३ नमुना संकलन गरी परीक्षण गर्दा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जानकारी दिए ।

७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा आज मंगलबार नेपालमा थप २५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१००९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !