४ जेष्ठ २०८१, शुक्रबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना संक्रमण

साउन २०, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१००९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ जना, मोरङका २ जना र सुनसरीका ९ जना, कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सुनसरीका ३ जना र मोरङका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा धनुषाका १ जना, इलामका २ जना, झापाका ४ जना, मोरङका १० जना, गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका १ जना र सप्तरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १२ जना, महोत्तरीका १५ जना, सर्लाहीका १ जना र सिराहाका १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका १ जना, भक्तपुरका ११ जना, काठमाडौंका ३८ जना र सर्लाहीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जना, पर्साका १ जना,रौतहटका ६ जना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, मोरङका १ जना, नुवाकोटका २ जना, स्याङ्जाका १ जना, तनहुँका १ जना र रुकुम पश्चिमका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना र चितवनका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका १ जना, काठमाडौंका २ जना, ललितपुरका १ जना र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा बाराका १ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका १ जना, लमजुङका १ जना, पर्वतका १ जना र स्याङ्जाका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ५ जना र रुपन्देहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र सल्यानका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना, रुपन्देहीका २ जना र सल्यानका १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ११ जना र कैलालीका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

हिजो कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !