३१ जेष्ठ २०८१, बिहिबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना संक्रमण

साउन १९, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४१८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ५ जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, मोरङका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, मोरङका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै गजेन्द्र नारायण सिंह अस्पताल राजविराटमा गरिएको परीक्षणमा सिराहाका ३ जना र सप्तरीका ५१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका १ जना, महोत्तरीका ३० जना र धनुषाका ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका ८ जना, कैलाीका ३५ जना, कंचनपुरका ८ जना, र रसुवाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, काठमाडौंका १७ जना र रौतहटका २ जना, पाटन अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जना, महोत्तरीका १ जना, चितवनका १ जना र गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका १ जना र काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, दोलखाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, ललितपुरका १ जना, वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ८ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ८ जना, बर्दियाका १ जना, दाङका १ जना र कैलालीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका २ जना, दैलेख पीसीआर प्रयोगशालामा दैलेखका २ जना, चौरजहारी नगरपालिकामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका कंचनपुरका ८ जना, कैलालीका ३१ जना र अछामका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

हिजो कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !