२० बैशाख २०८१, बिहिबार

पर्सामा आज फेरि थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

वीरगन्ज, साउन १८ । पर्सा जिल्लामा आज आइतबार साँझ फेरि थप १ भारतीयसहित थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमण पुष्टि भएका ३५ मध्ये वीरगन्ज महानगरपालिका-११ का मात्रै २७ जना रहेका छन् ।

साथै वीरगन्ज महानगरपालिका-१०, १५ र ४ का १/१ जनामा पनि आइतबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ । वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका १ जना सेना र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ जना प्रहरीमा पनि संक्रमण देखिएको छ ।

यसैगरी पर्साको सुखवा प्रसौनी गाँउपालिका र जीराभवानी गाउँपालिका १/१ जनामा आइतबार संक्रमण पुष्टि भएको छ । आइतबार साँझ ३५ जनामा संक्रमण पुष्टि भएसंगै पर्सामा संक्रमितको संख्या ५४२ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !