६ जेष्ठ २०८१, आइतबार

वीरगन्जमा ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस Print

वीरगञ्ज, १३ साउन । पर्सा जिल्लाको वीरगन्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् ।

कोरोना संक्रमित हुनेमा २३ वर्षदेखि ५६ वर्ष उमेर समूहका पुरूषहरु रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी , कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारीहरु पनि रहेका छन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा १ जना उमी नगरपालिका इलाम जिल्लाका रहेका छन् भने १ जना जिल्ला प्रहरी कार्यलय पर्साको थुनुवामा रहेका छन् । साथै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २ जना वडा नम्बर ४ का २ जना वडा नम्बर ७ का २ जना वडा नम्बर १३ का २ जना वडा नम्बर २३ का १ जना रहेका छन् ।

बारा जिल्ला कलैया वडा नम्बर ५ का ४१ वर्षका १ पुरूष र कारखानामा कार्यरत ३ कर्मचारी रहेको डाक्टर सिंहले जानकारी दिएका छन् । साउन ७ गतेदेखि ११ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिए ।

संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ४२ जनालाई घरमै राखिएको छ । पर्सामा हालसम्म २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको संख्या बढेपछि महानगरपालिकाले एक घर एक पीसीआर परिक्षण अभियान चलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !