२१ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी चिनियाँ नागरिकको मृत्यु


मृत्यु

काठमाडौं, साउन ७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया चिनियाँ महिला रहेकी छिन् । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतलमा उपचारत उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनी हाल पोखरामा बस्दै आएकी र स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो ।

नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक पुष्टि गर्न भने बाकी छ । यसबाहेक हालसम्म नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ । मृतक ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !