६ जेष्ठ २०८१, आइतबार

नेपालका ६६ प्रतिशत कोरोना संक्रमित निको भए : स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, साउन ३ । नेपालका ६६ दशमलव ५ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३३३१ जनाको पीसीआर परीक्षण गर्दा आज कोरोना संक्रमण नयाँ ५७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७५०२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६३७ पुगेको छ । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ दशमलव ५ प्रतिशत पुगेको हो ।

देशभरका हालसम्म क्‍वारेन्टाइनमा २३२७५ जना र आइसोलेसन ५८२५ जना रहेको उनले बताएका छन् । नेपालमा कोरोना संक्रमणवाट ज्यान गुमाएनेको संख्या भने ४० पुगेको छ ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका तीन जिल्ला छन् । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा ५ सय बढी संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला हुन् ।

नेपालका ६६ प्रतिशत कोरोना संक्रमित निको भए

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १७५०२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५७ संक्रमित

नेपालमा अहिलेसम्म ११६३७ जनाले जिते कोरोना, थप १०३ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !