९ आश्विन २०८१, बुधबार

अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माईन् बच्चा


मृत शिशु

अछाम, असर २६ । अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमै बच्चा जन्माएकी छन् । अछामको मेल्लेख गाउँपालिका-४ की २५ वर्षीया महिलाले बिहिबार जिल्ला अस्पतालको आइसोलेसनमा शिशु जन्माएकी हुन् । अहिले आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

ती महिलाका श्रीमान समेत कोरोना संक्रमित हुन् । उनीहरु दुवै जना असार ४ गतेबाट जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन् । श्रीमान श्रीमती भारतबाट फर्किएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !