८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका २३ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार २४ । काठमाडौं उपत्यकामा आज थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका १६ जना र ललितपुर जिल्लाका ७ जनामा कोरोना संक्रमण देखिएको छ ।भक्तपुर जिल्लामा भने आज बुधबार कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका २८ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !