६ जेष्ठ २०८१, आइतबार

कर्णालीमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४७४ पुग्यो


कोरोना भाइरस

सुर्खेत, १८ असार । कर्णाली प्रदेशमा आज दिउसो ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४७४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो १:३३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका १/१ जना रहेको डा. तिवारीले जानकारी दिएका छन् ।

उनका अनुसार आज बिहीबार कर्णाली प्रदेशमा थप ४९ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन । यससँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ११२७ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । अब आइसोलेसनमा ३४१ जना मात्रै रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !