८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज देखियो ३२ जनामा कोरोना संक्रमण


कोरोना भाइरस

काठमाडौं, असार १८ । काठमाडौं उपत्यकामा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज बिहिवार काठमाडौं जिल्लाका २८ जना, ललितपुर जिल्लाका २ जना र भक्तपुर जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका १७ जना महिलाहरु र ११ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै, ललितपुर र भक्तपुरमा २/२ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरका २ जना पुरुषहरु र ललितपुरका १ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !