८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज देखियो १७ जनामा कोरोना संक्रमण


कोरोना भाइरस

काठमाडौं, असार १७ । काठमाडौं उपत्यकामा आज थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज मंगलवार काठमाडौं जिल्लाका १० जना, ललितपुर जिल्लाका ५ जना र भक्तपुर जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा शुुक्रराज ट्रपिकल अस्पतालमा काठमाडौँका २ जना महिलाहरु र ४ पुरुषहरु, पाटन अस्पतालमा भक्तपुरका १ जना महिला, काठमाडौँका ३ जना महिलाहरु, १ जना पुरुष, ललितपुरका ३ जना महिलाहरु, २ जना पुरुषहरु र धुलिखेल अस्पतालमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४८२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४०४६ पुगेको छ । आज नेपालमा कोरोना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !