१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३० जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार १३ । सुदूरपश्चिम प्रदेशमा आज थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १९१६ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

उनका अनुुसार डोटीका २५, कैलालीमा १७ जना, डोटीमा १३ जनामा कोरोना पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीको लम्कीचुहा नगरपालिकाका १४ जना, स्थानीय तह नखुलेका २ जना र भजनीमा १ जनामा कोरोना पुष्टि भएको छ ।

साथै डोटीको शिखरका ६ जनामा र डोटीकै स्थानीय तह नखुलेका ७ जनामा कोरोना पुष्टि भएको छ । आज कोरोना संक्रमित हुने ३० जनामध्ये १३ जना महिलाहरु र १७ जना पुरुषहरु रहेका छन् । अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५६६ जनामा कोरोना पुष्टि भएको छ ।

साथै कञ्चनपुरमा २९७ जना, डडेल्धुरामा २१७ जना, डोटीमा २९३ जना, बैतडीमा १९० जना, अछामका १२६ जना, बाजुराका १३५ जना, बझाङमा ७१ जना र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने २४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सेती प्रादेशिक अस्पताल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !