२३ बैशाख २०८१, आइतबार

नवलपुरका बिहानै थपिए कोरोनाका २१ जना नयाँ संक्रमित


कोरोना भाइरस

१२ असार, काठमाडौँ । गण्डकी प्रदेश नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आज बिहान थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै नवलपुरमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरमा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । प्रवक्ता डा. शर्माका अनुसार उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

संक्रमण पुष्टि हुनेहरुमा नवलपुरको कावासोती नगरपालिकाकी ३७,२५ वर्षीय २ जना महिलाहरु सहित २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५, १८ वर्षीय १२ जना पुरुषहरु गरी जम्मा १४ जना तथा गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षीय पुरुषहरु ७ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !