१२ जेष्ठ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ११८ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार ११ । सुदूरपश्चिम प्रदेशमा आज थप ११८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या १६६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, सुर्खेतको प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा २४ घण्टामा ११८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार २४ घण्टामा सवैभन्दा बढि कञ्चनपुरमा ६०, बझाङमा १८, अछाममा १३, डडेल्धुरामा १२, बाजुरामा ८, तथा कैलाली र बैतडीका ३/३ जना र दार्चुलाका १ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, अछामका ४ जना महिला र ९ जना पुरुष गरी १३ जना, बैतडीका १ पुरुष, बझाङका ३ महिला र १३ पुरुष गरी १६ जना, बाजुराका २ महिला र २ पुरुष गरी ४ जना, डडेल्धुराका १ महिला र ११ पुरुष गरी १२ जना र कैलालीका २ पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै कर्णाली प्रदेश स्थित सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका २ जना, बैतडी, दार्चुला र कैलालीका १/१ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा बाजुराका चार पुरुष, बैतडी र कञ्चनपुरका १/१ पुरुषमा कोरोना पुष्टि भएको हो ।

आजै धनगढी प्रयोगशालामा गरिएको १८३ जनाको परिक्षणमा भने सबैको रिपोट नेगेटिभ आएको छ । आज धनगढीमा रहेको प्रयोगशालमा २४ घण्टामा भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !