१४ जेष्ठ २०८१, सोमबार

कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३३५ पुग्यो


कोरोना भाइरस

सुर्खेत, १० असार । कर्णाली प्रदेशमा आज दिउसो २८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १३३५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो १:५९ एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ कोरोना संक्रमितहरु सुर्खेतका १३ जना, दैलेखका ३ जना, जाजरकोटका १ जना र कालिकोटका १ जना, दाङका १ जना, धनुषाका १ जना, जुम्लाका ४ जना, रुपन्देहीका १ जना, सप्तरीका १ जना, ताप्लेजुङका १ जना र उदयपुरका १ जना रहेका छन् ।

सर्खेतका आज कोरोना संक्रमितहरु भेरीगंगा नगरपालिकाका १ जना पुरुष, चौकुने गाउँपालिकका ३ जना पुरुषहरु र ३ जना महिलाहरु, गुर्भाकोट नगरपालिकाका १ जना पुरुष, पञ्चपुरी नगरपालिकाका ५ जना पुरुषहरु रहेका छन् । साथै जुम्लाको चन्दननाथ नगपालिकामा १ जना महिला र २ जना पुरुषहरु, सिँजा गाउँपालिकाका १ जना पुरुष, दैलखेको भैरवी, ठाँटीकाँध र नौमुले गाउँपालिकाका १/१ जना पुरुष रहेका छन् ।

कर्णाली प्रदेशमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज पनि भएका छन् । दैलेखको भगवतीमाई आसोलेसनबाट ४ जना पुरुषहरु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आसोलेसनबाट १ जना पुरुष, सुर्खेतको गुठु आसोलेसनबाट १ जना पुरुष र मुगुको कोटडाँडा आसोलेसनबाट १ जना पुरुष गरी ८ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म प्राप्त जानकारी अनुसार संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म ५६८ जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !