२१ बैशाख २०८१, शुक्रबार

सुर्खेतमा थपिए १८ जना नयाँ कोरोना संक्रमित


कोरोना भाइरस

सुर्खेत, ८ असार । सुर्खेतमा आज १८ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । साथै कर्णाली प्रदेशमा आज दिउसो २६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२८२ जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सुर्खेतमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतको बराहताल गाउँपालिका वडा नम्वर ५ क १७ र ३० वर्षीय पुरुषहरु २ जना, भेरीगंगा नगरपालिका वडा नम्वर १, २, ३, ६, ७, ९ र १३ का २६, ५०, ४०, ६७, १९, ४०, ४५, ६४, २४, ४२ र ४२ वर्षीय पुरुषहरु ११ जना रहेका छन् ।

साथै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ३, ४ र ७ का २३, २७, २७, २९ र २५ वर्षीया महिलाहरु ५ जनामा पनि कोरोना संक्रमण देखिएको छ । । हालसम्म प्राप्त जानकारी अनुसार संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !