६ जेष्ठ २०८१, आइतबार

कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२८२ पुग्यो


कोरोना भाइरस C

सुर्खेत, ८ असार । कर्णाली प्रदेशमा आज दिउसो २६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२८२ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सल्यानमा ४ जना, सुर्खेतमा १८ जना. दैलेखमा ३ जना र हुम्लामा १ जनामा रहेका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म ५५१ जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !