१८ असार २०८१, मंगलबार

प्रदेश नं १ वाट १० कोरोना संक्रमित घर फर्किए


कोरोना संक्रमण मुक्त

विराटनगर, ६ असार । प्रदेश नं १ बाट शुक्रबार १० जना कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् ।

निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन् । निजहरुलाई गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिनुभयो । प्रदेशमा कोभिडबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ४२२ रहेको छ भने निको भई घर फर्कनेको सङ्ख्या २३४ पुगेको छ ।

विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना कोभिड-१९ बाट सङ्क्रमतको उपचार भइरहेको छ । यसरी उपचारहुनेमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन् ।

यसैगरी शुक्रबार दुई जना कोभिड-१९ बाट सङ्क्रमित हुनेमा झापाको दमक र मोरङको बूढीगङ्गाका एक/एक जना छन् भने उनीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !