२० बैशाख २०८१, बिहिबार

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल

चितवन, असार ४ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु तनहुँका १ जना र नवलपरासीका १ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा तनहुँको खैरहनी नगरपालिका वडा नं. ११ वस्ने वर्ष २२ का पुरुष १ जना र नवलपरासीको गैडाकोट नगरपालिका वडा नं. १३ वस्ने वर्ष २८ का पुरुष १ जना गरी २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार ३ गते प्राप्त भएका नमुनामघ्ये २१० वटा नमुनाको पिसिआर परीक्षणको क्रममा २०८ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

मंगलवार भरतपुर कोभिड अस्पतालको ३३, अर्घाखाँचीको ६६, बिपि केएमसिएच ३४, चितवन मेडिकल कलेजको ४, सि.एम.एसका ४, गुन्जमान अस्पतालका ८, भरतपुर महानगरपालिका १०, गैडाकोट नगरपालिका ३१, खैरहनी नगरपालिका १६ नमुना परीक्षण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !