४ जेष्ठ २०८१, शुक्रबार

तनहुँमा बिहानै थपिए कोरोनाका १२ नयाँ संक्रमित


कोरोना भाइरस

४ असार, काठमाडौँ । तनहुँ जिल्लामा आज बिहान थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै तनहुँमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार तनहुँमा जिल्लामा १२ जनामा कोरोना संक्रमण देखिएको हो । तनहुँ जिल्लाको आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा ऋषिङ गाउँपालिकाका ७ जना पुरुषहरु, भानु नगरपालिकाका ४ जना पुरुषहरु र शुक्लागण्डकी नगरपालिकाका १ जना पुरुष रहेका छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

उनीहरुहरु सबै भारतबाट नेपाल आएका हुन् र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सवैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !