१४ बैशाख २०८१, शुक्रबार

चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

चितवन, जेठ २६ । चितवनको भरतपुरमा आजै फेरि थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) गरिएको परीक्षणमा भरतपुरका ७ जनामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

भरतपुर अस्पतालले आज दिउसो गरेको फेसबुक प्रत्यक्ष प्रशारणमार्फत चितवनका १७ जनासहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । आज फेरि बेलुकी ५:२५ बजे कोभिड-१९ अपडेट गर्दै चितवनको भरतपुरमा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यो आज अहिलेसम्म उक्त भरतपुर अस्पतालमा कोरोना परीक्षणवाट ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण पुष्टि भएका ७ जना भरतपुर महानगरपालिको वडा नम्वर ११, १९, २०, २७ र २८ का रहेका छन् । आज पछिल्लो संक्रमितहरु भरतपुर महानगरपालिकाको क्वारेन्टाइनमा बसेका पनि बताइएको छ ।

चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !