१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज बिहानै १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११५ पुग्यो


२६ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै थप १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका स्थायी ठेगाना भई पोखरा महानगरपालिकाको आईसोलेसनमा रहेका ४२ वर्षीय पुरुष १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनलाई अहिले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

गण्डकी प्रदेशमा आज बिहानै १ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !