१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशमा आज ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९८ जना पुग्यो


कोरोना भाइरस (कोभिड-१९)

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा ३२ जना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु दैलेख, सल्यान, सुर्खेत र जुम्ला जिल्लाका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !