१९ बैशाख २०८१, बुधबार

विदेशबाट फर्केकाको आरडीटी टेस्टमा पैसा नलिना सर्वोच्च अदालतको आदेश !


सर्वोच्च अदालत

१४ जेठ, काठमाडौं । कोरोना भाइरसले गर्दा सरकारले विदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने तयारी गरिरहेको छ। नेपालीहरुलाई नेपाल ल्याउँदा नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिकानिर्देशिकामा आरडीटी टेष्टको खरिद मूल्यमा २० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाइने व्यवस्था गरिएको छ । उक्त निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएका हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !