१९ बैशाख २०८१, बुधबार

भारतवाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण पु्ष्टि


कोरोना भाइरस

बागलुङ, जेठ १४ । भारतबाट आएका बागलुङ जिल्लाका ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा. शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थायी ठेगाना भएका सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षीय २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै बाग्लुङ्गकै तमनखोला गाउँपालिका घर भएका र सोही स्थानको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षीय ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइमा रहेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेनमा लगिने डा. शर्माले जानकारी दिएका छन् । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !