२२ बैशाख २०८१, शनिबार

स्वास्थ्य मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीमा देखियो कोरोना संक्रमण


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, साउन २५ । स्वास्थ्य मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्रालय सह-प्रवक्ता समिर अधिकारीले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताएका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट समिति (सीसीएमसी) को टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !