१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ९२ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन २५ । काठमाडौं उपत्यकामा आज थप ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ९० जना र ललितपुर जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुर जिल्लामा आज कोरोना संक्रमण देखिएको छैन । हिजो काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ११०० नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११३६ पुगेको हो । काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६२ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु