१२ बैशाख २०८१, बुधबार

रोगबाट बच्न घर-घरमा तुलसी, निम, पिपल, बर, असुरो र स्वामी जस्ता बोटबिरूवाहरु रोपौ


बर पिपल
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोगबाट बच्न घर-घरमा तुलसी, निम, पिपल, बर, असुरो र स्वामी जस्ता बोटबिरूवाहरु रोपौ । आज मेरा परम मित्र शंकर अधिकारीसंग मोर्निङवाक गर्न हामी ३ किलोमिटर जति पर भित्री राजमार्ग हेर्दै गएका थियौ । बाटोमा मानव स्वास्थ्यसंग सरोकार राख्ने तुलसी, निम, पिपल, बर, असुरो जस्ता अक्सिजन फाल्ने बोटबिरूवाहरु कम देख्यौ ।

आज मानिस जोखिमको सुचीमा भएको पाय: हरेक व्यक्तिलाई हामीले सोध्छौं भने सास कम भएको, थकाई लाग्ने जस्ता समस्या देखिएको छ । खास भन्ने हो भने यो अक्सिजन कम भएको संकेत हो । आज यस्ता बोटबिरूवाहरु नष्ट हुँदै लोपोन्मुख अवस्थामा पुगेको पाइयो ।

मानिस उठ्नासाथ पानी सेवन गर्नुको सट्टा रक्सी सेवन गर्छन् । त्यस्ता व्यक्तिलाई लिभर रोग र श्वास-प्रश्वाससंग सम्वन्धित रोग नलागेर के हुन्छ त । रोग लाग्नुभन्दा रोग नै नलागोस् भन्ने भावना जाग्न आवश्यक छ । गलत खानपिन र अप्रयाप्त अक्सिजन कोरोनाको सक्रमण भन्दा खासै फरक छैन ।

बोटबिरूवाहरु मानिसका शत्रु होइनन्, मित्र हुन् । त्यसैले रोगबाट बच्न घर-घरमा तुलसी, निम, पिपल, बर, असुरो र स्वामी जस्ता बोटबिरूवाहरु रोपौ ।

सफाई जहाँ छ त्यहाँ रोग छैन यो हरेक व्यक्तिले बुझ्न आवश्यक छ । बोटबिरूवाहरुले अक्सिजन फाल्छन् भने कार्बनडाइअक्साईड तान्दछन् । आज प्रकृतिको अनुपम उपहारको अबहेलना गर्दै जाँदा हामी रोगको दलदलमा फस्दैछौं ।

“जहाँ लापरबाही त्यहाँ रोगको घर, फोहर भए लाग्न सक्छ नोबेल कोरोना भाइरस भन्ने डर” कुनै पनि रोग लाग्नुको पछाडि फोहर खाना र सरसफाई प्रमुख देखिएको छ । नेपालीहरूलाई कम रोग लाग्नुको कारण प्रकृतिको स्रोत रहेको छ । बन बिनास होइन वनमा तुलसी, बर, पिपल, स्वामी जस्ता बिरूवा रोप्न सके रोगबाट यसले बचाउन सक्नेछ ।

नोबेल कोरोना भाइरस धुम्रपान गर्ने धुलो धुवामा बस्ने, सफाई नगर्ने, हात खुट्टा न धुने, पानी कम पिउनेहरूलाई बढी हुने गरेको एक अध्ययनले देखाएको छ । स्वास्थ्यमा जति हामी लापरबाही गर्छौं त्यति नै रोगले आक्रमण गर्नेछ । बोटबिरूवाहरु मानिसका शत्रु होइनन्, मित्र हुन् । त्यसैले रोगबाट बच्न घर-घरमा तुलसी, निम, पिपल, बर, असुरो र स्वामी जस्ता बोटबिरूवाहरु रोपौ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !