आयुर्वेद र यसरी भएको थियो यसको प्रारम्भ Nepalpatra आयुर्वेद र यसरी भएको थियो यसको प्रारम्भ
२१ मंसिर २०७९, बुधबार

आयुर्वेद र यसरी भएको थियो यसको प्रारम्भ


भारद्वाज ऋषि

आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरक संहितामा आयुर्वेदलाई पृथ्वीमा आवरण गराउने ऋषिको नाम नै भारद्वाज ऋषि हुन भन्ने कुरा इतिहासले देखाउँदछ । आयुर्वेदको इतिहास ५००० बर्ष पहिलेदेखि नै हुदै आएको र त्यतिबेला जडिबुटीबाट उपचार हुने‌ गरेको महर्षि भारद्वाजको इतिहासले देखाउँदछ ।

आयुर्वेदलाई आयुर्विज्ञान पनि भन्दछ न्। आयु+वेद मिलेर आयुर्वेद बनेको हो । विभिन्न धार्मिक विद्वानहरूको ग्रन्थमा उल्लेख भएअनुसार ५००० देखि लाखौं वर्ष पूर्वदेखि नै आयुर्वेदको विकास भएको देखिन्छ । चरक, सुश्रुत, काश्यप आदि मान्य ग्रन्थकारमा आयुर्वेदलाई अथर्ववेदको उपवेद मान्ने गरेको इतिहासले देखाएको छ ।

आयुर्वेदको महत्व यत्रतत्र सर्वत्र फैलिएको देखिन्छ । त्यतिबेला स्वर्गका राजा इन्द्रले आयुर्वेदको उपदेश दिएपछि भारद्वाज ऋषिले आयुर्वेदको अध्ययन गरेको देखिन्छ । यो घटनाबाट महर्षि भारद्वाजको लोककल्याण त्यति बेलादेखि नै भएको मानिन्छ । त्यतिबेला मानवको लागि आयुर्वेद अघि सार्नुमा ऋषि भारद्वाजको हात रहेको छ ।

आयुर्वेद जुनसुकै ग्रन्थमा लेखिएको भएपनि त्यस ग्रन्थको भनाई अनुसार मानव शरीरमा जब तीन दोष वात, पित्त र कफ कुपित भए अनेकौं रोगले मानव शरीरलाई रोगा लगाउने अवस्थामा पुर्याउन थाल्द छ। हामीले आफ्नो स्वास्थप्रति विषेश ध्यान नपुर्याउनु कारणले गर्दा हामी रोगको दलदलमा फस्दै गएका हुन्छौं ।

आयुर्वेद ग्रन्थ प्राचीन ग्रन्थमध्ये एक मानिएको छ । देवताहरूले समेत यो ग्रन्थलाई उपयोगमा ल्याउने गरेको देखिन्छ । देवताहरूको चिकित्सा पद्धति मानव सेवाको उपयोग होस् भनेर नै बैद्य महान आचार्यलाई ज्ञान दिएको इतिहासले देखाएको छ । देवताका वैद्य अश्वनीकुमारलाई सिकाएकाले त्यतिबेला जडिबुटीको माध्यमबाट दक्ष प्रजापतिको टाउको अलग गरेर बाख्राको टाउको जोडेका थिए त्यो बेलामा आजका भन्दा ठुला सर्जन त ती वैद्य भएको पुष्टि हुन्छ ।

ब्रह्माजीले आयुर्वेदलाई ८ भागमा बाँडेको देखिन्छ । ती ८ भागलाई ब्रह्माजीले तन्त्रको नाम दिएको पाइन्छ । ती ८ भागको नाम तल दिइएको छ । आज पनि हामीले यस्ता पुस्तक किन्न सक्छौं ।

१. शल्य तन्त्र (Surgical Techniques)
२. शालक्य तन्त्र (ENT)
३. कायचिकित्सा (General Medicine)
४. भूतविद्या तन्त्र (Psycho Therapy)
५. कुमार भृत्यु (Pediatrics)
६. अगदततन्त्र (Toxicology)
७. रसायनतन्त्र (Renjunvention and Geraitrics)
८. वाजीकरण (Virlification, Science of Aphrodisiac and Sexology)

सरसर्ती हेर्दा शल्यक्रिया त्यतिबेला पनि हुने गर्दथ्यो भन्ने कुरा हामीले बुझ्न सक्छौं । एलोपैथिकको विकास हुनुमा शल्यचिकित्सा प्रमुख देखिएको छ । आयुर्वेदका जन्मदाता भगवान धन्वन्तरीलाई मान्ने गरिन्छ भने मानवसम्म पुर्याउन भारद्वाज ऋषिको ठूलो भूमिका रहेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !