१३ बैशाख २०८१, बिहिबार

यस्तो छ चमत्कारयुक्त कालो हलेदोको तान्त्रिक प्रयोग


कालो हलेदो

तन्त्र शास्त्रमा कालो हलेदोलाई धन, सौभाग्य, बुद्धिको कारक मानेको छ । यसको उपयोग धन, सौभाग्य, बुद्धि बढाउन र दुर्भाग्य हटाउन प्रयोग गरेको पाइन्छ । आज विज्ञानले पनि मान्न थालेको छ कालो हलेदोको महत्व ।

तर नेपालबाट यसलाई खेती गर्न दिइएको छैन भन्ने गुनासाहरू हामीले सुन्दै आएका छौं । यसको तस्कर रोकेर उत्पादन गरेर राम्रो पैसा भित्रन सक्ने अवस्था देखिन्छ । हाम्रो देशले स्तरमा सुधार गर्न नसक्नुको प्रमुख कारण पनी यही हो हामीसंग अपार प्राकृतिक स्रोत छ ।

तर यसतर्फ गए घाटा लाग्न सक्छ भन्ने मानसिक्ता भएकाले यसको सम्पूर्ण फाइदा छिमेकीले उठाउदै आएको छ । आज नेपालबाट छिमेकी राष्ट्र भारत हुदै अमेरिका सम्म पुगेको छ । यस्ता चमत्कारिक औषधिमाथि अनुसन्धान गरेर हामीले औषधि उत्पान गरेर डलर भित्राउन सक्ने प्रशस्त सम्भावना देखिन्छ ।

कालो हलेदोको प्रयोग

१. कसैको चिनामा गुरु र शनिमा दोषी छ भने शुक्लपक्षको पहिलो आइतबार नियमित कालो हलेदोको टिका लगाउनाले ठिक हुन्छ ।

२. लाख कोसिस गर्दा समेत लक्ष्मीको आगमन नहुनाले परेशान हुनुहुन्छ भने शुक्ल पक्षको पहिलो शुक्रबार चादीको डिब्बामा कालो हलेदो नागकेशर र सिन्दूर राखेर पुजा गरी पैसाको बाकसमा राख्नुस् लक्ष्मीको आगमन हुन थाल्दछ ।

३. यदि तपाईंको व्यवसाय चलेको छैन भने तिहारको लक्ष्मी पुजाको दिन पहेलो कपडामा पैसा र कालो हलेदो राखेर लक्ष्मीलाई आब्हान गरी दोकानको तिजोरीमा राख्नु ब्यापार चम्कन्छ ।

४. यदि कुनै विरामी मिर्गी रोगबाट पिडित छ भने वा पागल भएको छ भने राम्रो योगमा काँसको कटोरामा कालो हलेदो राख्नु र सानो टुक्रालाई कालो धागोमा उमेर गलामा बाँधी दिनु र थोरै कालो हलेदो चूर्ण दैनिक खान दिनु ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !