७ मंसिर २०८१, शुक्रबार

रूघाको प्रभावकारी उपचार यस्तो छ जानी राखौ


रुघाखोकी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मौसम परिवर्तनसँगै रुघा देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । बिश्वमा शायद नै कोही ब्यक्ति यस्तो होला, जो आफ्नो जीवनमा कहिले पनि रुघाबाट पीडित नभएको होला । रुघा बिश्वमा सबैभन्दा बढि हुने संक्रामक रोगमध्ये एक हो ।

बर्षमा एक-दुई पटक धेरैजसोलाई रुघा लागेकै हुन्छ । प्राय: रुघालाई हामी साधारण सम्झेर बढी ध्यान दिंदैनौ सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ । रुघालाई अंग्रेजी भाषामा कमन कोल्ड भनिन्छ ।

कारणहरु

१. सय कडौ प्रकारका भाइरस छन्, जसमध्ये रानो भाइरसको संक्रमणबाट रुघा लाग्ने गर्दछ । धुलो, धुवाँ, प्रदुषण, बदलिंदो मौसम ईत्यादीबाट एलर्जीका कारण रूघा लाग्ने गर्दछ ।

लक्षणहरु

१. चिसो लाग्नु र हाँक्छ्यु आउनु ।
२. आखाँ रसाउनु तथा नाकबाट पानी बग्नु ।
३. टाउको भारी हुनु, दुख्नु, नाक बन्द हुनु ।
४. हाँछ्यु आउनु ।
८. टाउको दुख्नु, जिउ दुख्नु, कहिले काही हल्का ज्वरो आउनु ।

रुघा सर्ने तरिकाहरु

रुघाबाट पीडित ब्यक्तिले हाँक्छ्यु गर्दा या खोक्दा भाइरसयुक्त खकारको सा-सानो थोपा (ड्रपलेट) भुईमा खस्दछ र वातावरणमा फैलिन्छ । स्वस्थ्य ब्यक्तिद्वारा श्वास फेर्दा मुखको माध्यमले एवं नाकको सिंगानबाट एक-अर्कामा रुघा फैलिन्छ ।

रूघाबाट बच्ने र बचाउने तरिकाहरु

बराबर हातधुनु , ब्यक्तिगत सर-सफाईमा ध्यान दिनु रुघाबाट बच्ने उतम उपाय मानिन्छ । मुखमा मास्क लगाउनु । भिडभाड हुने ठाउँ जस्तै- सिनेमा हल, आमसभा, मेला आदिमा नाजाने । अन्य ब्यक्तिहरुमा संक्रमण नहोस् भनेर हछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिश्यु पेपरको प्रयोग गर्ने ।

उपचारहरु

रूघाको उपचार एलोपैथिकमा छैन भन्दा हुन्छ तर आयुर्वेदमा यसको सटिक उपचार छ । आउनुहोस् उपचार गरेर फाइदा उठाउ ।

१. चित्रक हरितकी १ चमच दिनमा ३ पटक गरम पानी सित खानुहोस् ।

२. पुननर्वाको जराको चूर्ण ३ ग्राम, दुध २५० ग्रा,पानी २५० ग्राम जति मिलाएर पकाउने दूध मात्र बाँकी भएपछि मिश्री २० ग्राम जति मिलाएर पिउनाले रघा छुमन्त्र हुनेछ ।

३. चार चमच जति खुकुरी रममा एक चमच शुद्ध मह राख्ने र हल्का सहदो गरम पानी एक गिलासमा मिलाएर साझ खाने रूघा निको हुन्छ ।

४. असुरोको पात ल्याउनुहोस् । ताजा अदुवा थिचेर एकमाना पानीमा पात सहित राख्नुहोस् र पकाउनुहोस् । हरियो झोल तयार भएपछि २,३ चमच औषधिमा एक चमच मह राखेर खानुहोस् ठिक हुन्छ ।

यो पनि पढनुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

यस्ता छन् हरियो सागसब्जी खानुका फाइदाहरू

कस्तो सागसब्जी खाने ? यस्तो छ डा. राम बहादुर बोहराको सुझाव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !