१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो


प्रधानमन्त्री ओली

काठमाडौँ, २३ फागुन । मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार भइरहेको छ । प्रधानमन्त्रीले शुक्रवार विहान घरबाटै लगिएको दाल र दिउँसो खानासमेत खाएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाका अनु्सार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार भइरहेको र उहाँलाई ठोस आहार दिन थालिएको छ ।

यो पनि पढ्नुहोस्

मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ, म छिट्टै काममा फर्किन्छु : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !