१५ बैशाख २०८१, शनिबार

‘नोवल कोरोना’ संक्रमण पुष्टि नहुँदै संक्रमितलाई किन डिस्चार्ज ?


नोवल कोरोना भाइरस

काठमाडौं । ‘नोवल कोरोना’ संक्रमण पुष्टि नहुँदै संक्रमितलाई किन डिस्चार्ज गरिएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको कोरोना भाइरस अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया हुँदै अहिले नेपालसम्म आइपुगेको छ । नेपालमा भने कोराना भाइरसको परीक्षण उपलब्ध छैन । चीनको वुहानमा पीएचडी अध्ययनरत एकजनामा यसको संक्रमण देखिएको छ ।

गत जनवरी ५ मा नेपाल आएका उनलाई ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि जनवरी १३ मा अस्पताल भर्ना भएका थिए । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलन वार्डमा राखेर उनको उपचार गरियो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगत र र्यालको नुमना परीक्षणका लागि उनको रिपार्ट गत मंगलबार विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबरेटिङ सेन्टरमा पठाइएको थियो । नुमना परीक्षणका क्रममा उनमा कोराना भाइरस संक्रमणको भएको पुष्टि भयो ।

भाइरस संक्रमण आशंका गरिएका ती विद्यार्थीलाई नमुना परीक्षणकै बेलामा घर पठाइयो । उनलाई उपचारमा आएको ४ दिनमै ठीक भएको भन्दै डिस्चार्ज गरियो । यसले विभिन्न प्रश्नहरु खडा गरेका छन् । वुहानबाट फर्किएका ती विद्यार्थीलाई उच्च निगरानीमा किन राख्न सकिएन भन्दै अहिले प्रश्न उठाउन थालिएको छ । कोरोना भाइरस पुष्टि नहुँदै अस्पतालले उनलाई किन डिस्चार्ज दियोरु डिस्चार्जपछि उनी कहाँ(कहाँ घुमेरु आफ्नो परिवारको को–को सँग सम्पर्कमा आएरु प्लेनमा नै आउँदा उनीबाट कतिजनालाई कोरोना सर्यो होलारु के सरकारले उनको परिवार र उनी सवार विमानमा रहेका अन्य यात्रुको स्क्रिनिङ गरेको छ तरु यी प्रश्नहरु अहिले मानिसहरु आतंकित बन्न पुगेका छन् ।

यदि उनीहरुमा पनि यो भाइरस फैलिसकेको हो भने नेपालमा पनि उच्च जोखिममा हुन सक्छ । यसमा अस्पतालले सामान्य रुपमा लिएर गभ्भीर लापारबाही गरेको देखिन्छ । कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !