१४ बैशाख २०८१, शुक्रबार

पढ्नुहोस्, मृत्युका भयानक तथ्यहरु


मृत्यु जीवनको सबैभन्दा भयानक परिघटना हो । तर सत्य के हो भने जन्मपछि मृत्यु अनिवार्य छ । आउनुस् आज हामी यही मृत्युका केही भयानक पाटोको बारेमा चर्चा गर्दैछौं ।

  • विश्वमा प्रतिवर्ष करिब ५५ मिलियन मानिसको मृत्यु हुन्छ । त्यसमध्ये ९.५ मिलियन चीनका नागरिक हुन्छन् ।
  • संसारमा सबैभन्दा बढी मानिस हर्ट अट्याकका कारण मर्छन् ।
  • सबैभन्दा धेरै युवाको मृत्यु कार दुर्घटनामा हुने गरेको छ ।
  • विकासशील देशहरुमा सबैभन्दा धेरै महिलाको मृत्यु सुत्केरी अवस्था (शिशुलाई जन्म दिँदै गर्दा) हुन्छ ।
  • तथ्याङ्क अनुसार हरेक वर्ष विश्वभुरका १ हजारमध्ये ८ जनाको मर्छन् ।
  • मानव शरीरमा दैनिक ५० बिलियन सेल मृत हुन्छन् ।
  • मृत्यूपछि अन्तिम संस्कार गर्ने परम्परा करिब १ लाख वर्ष पूरानो मानिन्छ ।
  • मृत शरीरले मृत्युको ४ घण्टापछिबाट बेलुनजस्तै दुर्गन्ध दिन थाल्छ । किनभने त्यसपछि शरीरबाट ग्याँस र तरल पदार्थ निस्किन थाल्छ ।
  • मृत्युपछि मस्तिष्कका सेलहरु तुरुन्तै मर्न थाल्छन् । तर छालाको सेल्सहरुभने २४ घण्टासम्म जीवित रहन्छन् ।
  • एक आंकडाअनुसार ५५.३३ मिलियन मानिस हरेक वर्ष मर्छन् । यानिकी १ लाख ५१ हजार ६०० जना प्रतिदिन, ६ हजार ३ सय १६ प्रतिघण्टा, एक सय ५ जना प्रतिमिनेट र सेकेण्ड दुईजनाको मृत्यु हुने गरेको छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !