१४ बैशाख २०८१, शुक्रबार

यी ६ कुरा जसले छालाको क्यान्सरबाट बचाऊछ


क्यान्सर

क्यान्सर एउटा भयानक शब्द हो । जस्को नाम सुनेरै मानिसहरु तर्सने गर्दछन् । क्यान्सर विभिन्न प्रकारको हुन्छ । र यो विभिन्न कारणले लाग्ने गर्दछ । आज हामी तपाईलाई छालामा हुने क्यान्सर बारे जानकारी दिन्छौं । हरेक मानिसको शरीरमा आन्तरिक परिवर्तन, आश्यकता र कमीलाई पूरा गर्ने क्षमता हुन्छ । तर कहिलेकाहिं आन्तरिक प्रणाली मानिसको लागि घातक सिद्ध हुन्छ । छालाको क्यान्सर सबैभन्दा राम्रो उदाहरण हो । हाम्रो शरीरमा कोषिकाको निर्माण गर्ने र त्यसलाई परिवर्तन गर्ने क्षमता हुन्छ । हाम्रो शरीरमा कहिलेकाहिं नवनिर्मित कोषिकाहरुको आवश्यकता हुदैंन । त्यतिबेला पनि हाम्रो शरीरले त्यसको निर्माण गर्दछ । जस्को परिणामस्वरुप हामी छालाको क्यान्सर जस्तो घातक रोगको शिकार बन्न पुग्छौं । यसबाहेक धेरै अन्य कारणहरु पनि छन् । जस्ले गर्दा छालाको क्यान्सर हुने संभावना रहन्छ ।

अन्य कारणहरु

धेरै समयसम्म घाममा काम गर्ने र समय बिताउनाले पनि छालाको क्यान्सर हुनसक्छ ।
तपाईको सम्पर्क दिनहुँ हुने नजिकको साथी वा परिवारको सदस्यहरुमा छालाको क्यान्सर भएमा पनि हुनसक्छ ।
सामान्यभन्दा बढि तपाईको शरीरमा कोठि (तिल) को संख्या देखिएमा पनि छालाको क्यान्सर हुने सम्भावना हुन्छ ।
यदि तपाईलाई घाममा निस्कनाले छालामा जलन महशुस हुन्छ भने पनि छालाको क्यान्सर हुने सम्भावना रहन्छ ।
तपाईको छाला, कपाल र आँखा हलुका रंगको देखिएमा छालाको क्यान्सर हुने सम्भावना रहन्छ ।

उपरोक्त कारण तपाइँमा देखिएमा तुरुन्तै कुनै छालासम्बन्धि विशेषज्ञसँग सम्पर्क गर्नुहोस् । यसको प्रारम्भिक अवस्थामा नै उपचार गरिएमा कम नोक्सान हुने सम्भावना रहन्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !